Ads3

श्रम संस्कृति पार्टीद्वारा मकालु–५ आम्राङमा जनश्रमदान, करिब सय मिटर ढुंगाको सिँढी निर्माण

श्रम संस्कृति पार्टीद्वारा मकालु–५ आम्राङमा जनश्रमदान, करिब सय मिटर ढुंगाको सिँढी निर्माण

संखुवासभा । श्रम संस्कृति पार्टी मकालु गाउँपालिकाले बुधबार मकालु गाउँपालिका वडा नम्बर ५ स्थित आम्राङमा जनश्रमदान गरेको छ। स्थानीय पूर्वाधार निर्माण तथा आवागमनलाई सहज बनाउने उद्देश्यले आयोजित जनश्रमदानमा ४८ जना श्रमदाताको सहभागिता रहेको थियो । श्रमदानका क्रममा सहभागीहरूले करिब सय मिटर लामो ढुंगाको सिँढी निर्माण गरेका छन्।
मकालुका विभिन्न वडाहरुमा श्रम संस्कृतिले जनश्रमदान र जन सहभागिताका कार्यहरु गरिरहेका छन् । वडा नं. ५ मा यो तेस्रो पटक श्रमदान गरिएको वडा संयोजक प्रशान्त राईले बताउनु भयो ।
सिँढी निर्माण भएपछि स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज हुने भएको छ। विशेषगरी उकालो–ओरालो बाटोमा हिँडडुल गर्नुपर्ने स्थानीय नागरिकलाई यसबाट प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। आदर्श आधारभुत विद्यालय आउने जाने पदमार्गमा सिँढी निर्माण गरिएकाले स्थानीय र विद्यार्थीहरुलाई आवतजावतमा सहज हुने श्रम संस्कृति पार्टी मकालु गाउँपालिका सहसचिव आसमान तामाङले बताउनु भयो । 
श्रमदानमार्फत स्थानीय विकास निर्माणमा समुदायको सहभागिता र सामूहिक प्रयासलाई जोड दिँदै श्रम संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
श्रमदानमा सहभागी सम्पूर्ण श्रमदाताहरुलाई श्रम संस्कृति पार्टीका प्रस्तावित केन्द्रिय सदस्य नुर्वु शेर्पाले धन्यवाद प्रकट गर्नुभयो । पछिल्लो समय मकालुमा श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने र सुवेक्षुकहरुको संख्या बढ्दै गएको छ । 

Muktinath

प्रतिक्रिया दिनुहोस्