काठमाण्डाै । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) पदमा नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (शर्टलिस्ट) मा परेका छन् ।
बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिश कार्यविधि २०८३ अनुसार उम्मेदवारहरूको मूल्याङ्कन गर्दा सबैभन्दा धेरै अङ्क प्राप्त गर्ने १६ जनालाई संक्षिप्त सूचीमा समावेश गरिएको हो ।
बोर्डको छनोट उपसमितिले आज सार्वजनिक गरेको सूचनाअनुसार आशुतोष प्रधान, उत्तमप्रसाद देवकोटा, टेकबहादुर महत, धर्मराज दवाडी, नोजल कोइराला, युविका भण्डारी, राजाराम केसी, रामचन्द्र सेढाईं, रोहिणीप्रसाद खनाल, लक्ष्मण गौतम, विनोद अर्याल, श्रद्धा श्रेष्ठ, श्रीप्रसाद भट्टराई, सन्तोषविक्रम थापा, सुरेशसिंह बुडाल र हिक्मत सिंह ऐर संक्षिप्त सूचीमा पर्नुभएको छ ।
छनोट उपसमितिले संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूलाई आउँदो मङ्सिर १० गते शैक्षिक योग्यता तथा अनुभवका सक्कल कागजातसहित बोर्डको सचिवालयमा उपस्थित हुन भनेको छ ।
प्रतिक्रिया दिनुहोस्