Ads3

अमेरिकासँग व्यापार युद्ध जित्ने सोच मूर्खतापूर्ण भएको ट्रम्प प्रशासनको भनाइ

अमेरिकासँग व्यापार युद्ध जित्ने सोच मूर्खतापूर्ण भएको ट्रम्प प्रशासनको भनाइ

अमेरिकाले क्यानाडाकाे झण्डै २० अर्ब डलरका वस्तुमा ५० प्रतिशत महसुल लगाएपछि दुई देशबीच व्यापार तनाव चर्किएको छ । क्यानाडाले सेप्टेम्बर ८ देखि अमेरिकी स्टिल र डेरीलगायत वस्तुमा जवाफी महसुल लगाउने घोषणा गरेको छ । 

अमेरिकी यातायात मन्त्री सिन डफीले अमेरिकासँग व्यापार युद्ध जित्ने क्यानाडाको प्रयास ‘मूर्खता’ भएको र यसले क्यानाडालाई विनाशकारी असर पार्ने चेतावनी दिनुभएको एएफपीले जनाएको छ ।

 क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले भने आफूहरू ‘आक्रमणमा परेको’ भन्दै अमेरिकी महसुलको बराबर जवाफी कदम चाल्ने बताउनु भएको छ । यस घटनाले लामो समयदेखिका दुई सहयोगीबीचको व्यापारिक सम्बन्धमा थप तनाव बढाएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्