Ads3

एनभीएलमा आज दुई खेल हुँदै

एनभीएलमा आज दुई खेल हुँदै

काठमाण्डौ । नेपाल भलिबल लिग (एनभीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्स र काठमाण्डौ रेड्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो ४ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुरु हुनेछ  । यस्तै, आजै बेलुकी ७ बजे हुने दोस्रो खेलमा कर्णाली शिवराज र खप्तड फाल्कन्स सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । 

यसअघि हिजो भएका खेलमा काठमाण्डौ रेड्स र सगरमाथा स्म्यासर्सले विजयी भएका थिए। हिजो बेलुका ४ बजे भएको पहिलो खेलमा काठमाण्डौ रेड्सले मधेश वारियर्सलाई ३–२ सेटले पराजित गरेको थियो । दुई खेल खेलेको मधेशको यो लगातार दोस्रो हार हो। मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग पराजित भएको थियो।

यस्तै, हिजै भएको अर्को खेलमा सगरमाथा स्म्यासर्सले खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । दुई खेल खेलेको सगरमाथाको यो लगातार दोस्रो जीत हो । सगरमाथाले पहिलो खेलमा मधेश वारियर्सलाई पराजित गरेको थियो।

एनभीएलमा ६ टोली सहभागी छन् । केडिया ग्रुपको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 

Muktinath

प्रतिक्रिया दिनुहोस्