Ads3

गाउँपालिका कार्यालयमा आगो लगाउने २ जना पक्राउ

गाउँपालिका कार्यालयमा आगो लगाउने २ जना पक्राउ

काठमाण्डाै । हुम्लाकाे ताँजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ताँजाकोट–४ गल्लाबाडा बस्ने ४७ वर्षीय कृष्णचन्द्र जैसी र ताँजाकाेट–२ मा रहेकाे मैला स्वास्थ्य चाैकीका संयाेजक ४५ वर्षीय धनराज ढकाल रहेका छन् । पक्राउ परेका दुवै जनालाई हुम्ला जिल्ला अदालतमा उपस्थित गराई ७ दिनको म्याद थप गरिएको छ ।

यही भदौ ७ गते राति १ बजेतिर ताँजाकोट–३ टाकुरेमा रहेकाे गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो । घटनापछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट अनुसन्धानका लागि प्रहरी निरीक्षक ढकालको टोली घटनास्थलमा खटिएको थियो ।

आगलागीबाट जिन्सी शाखा, लेखा तथा जिन्सी र प्रशासन शाखामा क्षति पुगेको थियो । गाउँपालिकाको आर्थिक वर्ष २०७३/०७४ देखि अहिलेसम्मका लेखालगायत विभिन्न शाखाका कागजात जलेर नष्ट भएका थिए ।

Muktinath

प्रतिक्रिया दिनुहोस्