काठमाण्डाै । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाण्डाैकाे खुलामञ्चमा शुरू भएको छ । सभापति गगन थापाले पार्टीका संस्थापकसहितका अग्रज नेताहरूकाे तस्वीरमा माल्यार्पण गर्दै महाधिवेशनकाे उद्घाटन गर्नुभयाे ।
महाधिवेशन उद्घाटन समारोहमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विभिन्न दलका शीर्ष नेताहरूकाे सहभागिता रहेकाे छ ।
समाराेहमा लामिछानेसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयाेजक पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका महासचिव शङ्कर पाेखरेललगायतका नेता सहभागी हुनुहुन्छ ।
आउँदो बिहीवार असाेज २२ गतेसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झन्डै ७ हजार ७०० जना प्रतिनिधि सहभागी हुँदैछन् । कांग्रेसको इतिहासमै पहिलो पटक यति ठूलो सङ्ख्यामा प्रतिनिधिले भाग लिइरहेका छन् । उद्घाटन सत्रसँगै बन्दसत्र पनि खुलामञ्चमै हुनेछ ।
प्रतिक्रिया दिनुहोस्