Ads3

१३ देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियाे

१३ देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियाे

काठमाण्डाै । १३ वटा देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सकिएको छ । असोज २ गतेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिका, बेलायत र साउदी अरेबियासहित १३ वटा देशका लागि राजदूत सिफारिश गरेको थियो ।

अस्ति सोमवारदेखि चलेको संसदीय सुनुवाइ समितिमा आज अन्तिम दिन साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारसहितका व्यक्तिहरूको सुनुवाइ सकिएको हो ।

सुनुवाइ सकिए पनि नामावली अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे समितिको निर्णय भने आउन बाँकी छ । अहिले संसदीय समितिका सदस्यहरू आन्तरिक छलफलमा जुटेका छन् ।

यसैबीच साउदीका लागि प्रस्तावित राजदूत सुनारले सुनुवाइका क्रममा बोलेका असंसदीय शब्दलाई रेकर्डबाट हटाइएको छ । आफूमाथि परेको उजुरीबारे सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा सुनारले गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको थियो ।

सभापति बोधनारायण श्रेष्ठको निर्देशनसँगै समिति सचिवालयले त्यो शब्द रेकर्डबाट हटाएको छ । साउदीका सुनार, जापानका विज्ञानकुमार थापा र मलेशियाका चूडामणि खरेलका विषयमा नैतिक आचरणको प्रश्न उठाइएकाले समितिले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्