Ads3

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तकाे भरतपुरमा कारुणिक पर्खाइ

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तकाे भरतपुरमा कारुणिक पर्खाइ

काठमाण्डौ । भोटेकोशीमा आएको भीषण बाढीका कारण बेपत्ता भएका नागरिकका आफन्तजन अहिले कारुणिक पर्खाइमा छन् ।भरतपुरमा रहेका शव संरक्षणस्थलमा नारायणी र त्रिशूली नदीबाट सङ्कलन गरिएका २३३ शवमध्ये अहिलेसम्म चार वटाको मात्रै पहिचान भएको छ । शवहरू क्षतविक्षत र सड्न थालेकाले तस्बिर वा हुलिया हेरेर पहिचान गर्न परिवारलाई अत्यन्तै कठिन भइरहेको छ।

ग्यारेजमा काम गर्ने छोरा साबुदिनको खोजीमा वीरगन्जबाट चितवन पुग्नुभएका अली मोहम्मद मिया रातदिन पर्खाइमा रहेको बताउनुहुन्छ । सप्तरीबाट छोराको खोजीमा आइपुग्नुभएका भोला पासवानको पीडा पनि उस्तै छ ।

शव स्थल बाहिर राखेका तस्विर हेर्दै बसेको र अन्यत्र जाने ठाउँ नपाएको बताउनुहुन्छ । लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियर अभिषेक आचार्यका काका गणेशप्रसाद बराल सुरुङभित्र मजदुर थुनिएको हुन सक्ने आशङ्का व्यक्त गर्दै उद्धार कार्यलाई तीव्र बनाउन र जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रणाली चुस्त राख्न आवश्यक रहेको बताउनुहुन्छ ।

सम्पर्कविहीन नागरिकको खोजीमा देशका विभिन्न भागका साथै मानसरोवर यात्रामा आएका भारतीय पर्यटकका साथीहरूसमेत भरतपुर पुगेका छन् । उद्धार र खोजीमा सुरक्षा निकायहरू खटिए पनि शव पहिचानमा देखिएको जटिलताले आफन्तको आँसु र पर्खाइ झनै लम्बिँदै गएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्