Ads3

आज र भोलि मौसम मुख्यतया सफा, शनिवार र आइतवार हल्का वर्षाको सम्भावना

आज र भोलि मौसम मुख्यतया सफा, शनिवार र आइतवार हल्का वर्षाको सम्भावना

काठमाण्डौ । आज र भोलि मौसम मुख्यता सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार पर्सि शनिवार र आइतवार भने केही ठाउँ मा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज बागमती, कोशी, मधेश र गण्डकीका हिमाली तथा पहाडी भेगमा आंशिक बादल लाग्ने र बाँकी ठाउँमा मौसम सफा रहनेछ  । महाशाखाका अनुसार अहिले बिहानपख तराईका केही ठाउँ, उपत्यका तथा खोँचहरूका थोरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

आज राति पनि कोशी र मधेशमा आंशिक बदली तथा अरु ठाउँमा मौसम सफा रहने अनुमान छ । महाशाखाका अनुसार भोलि देशैभरको मौसम मुख्यतया सफा रहने अनुमान छ । पर्सि शनिवार कोशी र मधेश प्रदेशमा एक–दुई ठाउँमा हल्का वर्षा तथा  कोशीका पहाडी भेगमा हिमपातको स्म्भावना छ ।

यस्तै आइतवार कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी एक–दुई ठाउँमा हल्का वर्षा/हिमपातको सम्भावना छ । यस्तै आइतवार मधेशका एक–दुई ठाउँमा समेत हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

Muktinath

प्रतिक्रिया दिनुहोस्