काठमाण्डाै । चीनले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ । चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका २ वटा ठूला ट्रान्सपोर्ट विमान आज राहत सामग्री लिएर आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
४ जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि उपकरणसहित विमानमा आएका छन् । दुवै ढुवानी विमानले चीनको छेन्दुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका थिए ।
झन्डै ३ घण्टाको उडानपछि काठमाण्डौ आइपुगेका ती विमानले पाल, कम्बल, स्लीपिङ ब्याग, हार्डट्याक तथा प्राथमिक उपचार किटलगायत १३ हजार २०० थान आपत्कालीन राहतसहित ५० टन सामग्री ल्याएका काठमाण्डौमा रहेको चिनियाँ दूतावासले जनाएको छ ।
ती सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरिएको छ । राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्