काठमाण्डाै । आज मधेश प्रदेशबाहेक अरु प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाडी भाग, कर्णाली प्रदेशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी क्षेत्रका धेरै ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ । अरु केही ठाउँमा पनि हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज बिहान चितवनको त्रिशूली काली खोला क्षेत्र, पर्वत, लमजुङलगायतका एक/दुई ठाउँमा पानी परेको थियो । गएराति सबैभन्दा धेरै पाल्पाको अर्चलेमा ७० मिलिमिटर भन्दा धेरै पानी परेको छ ।
प्रतिक्रिया दिनुहोस्