काठमाण्डाै । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनायो । चितवनका डेविड मलानले ७० रन बनाए । विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलङ्काले १/१ विकेट लिए ।
एनपीएलमा आजकाे दाेस्राे खेलमा पहिलाे संस्करणकाे विजेता जनकपुर बाेल्ट्स र कर्णाली याक्स खेल्दैछन् । याे खेल बेलुकी ५ बजे शुरू हुनेछ । एनपीएल हिजाेदेखि शुरू भएकाे हाे । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम राेयल्सलाई हराउँदै विजयी शुरुआत गरेकाे छ ।
८ वटा टाेली सहभागिता आउँदाे मङ्सिर ५ गतेसम्म सञ्चाल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्