काठमाण्डौ । क्रिस्टियानो रोनाल्डोबिना पोर्चुगलले युइएफए नेसन्स लिगमा डेनमार्कलाई ४–२ गोलले पराजित गरेको छ । डेनमार्कको मैदानमा भएको खेलमा पोर्चुगलका जोआओ क्यान्सेलो, गोन्कालो रामोस, भिटिन्हा र जोआओ फेलिक्सले गोल गरे । डेनमार्कका मिकेल डाम्सगार्ड र रास्मुस होइलुन्डले एक–एक गोल फर्काए ।
रोनाल्डोबिना खेलेको पोर्चुगलले लगातार तेस्रो जित निकाल्दै समूह ए४ मा आफ्नो प्रभाव कायम राखेको छ । प्रशिक्षकसँग विवाद भएको खबरपछि रोनाल्डोले राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए ।
खेलमा डेनमार्कले दुई पटक बराबरी गरे पनि पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गर्दै ४–२ को सहज जित निकालेको हो
प्रतिक्रिया दिनुहोस्