Ads3

पहाडी र हिमाली थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

पहाडी र हिमाली थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी र हिमाली थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज तराईमा मौसम सफा छ । आज काठमाण्डौ उपत्यकालगायत देशका अन्य धेरैजसो ठाउँमा मौसम सफा छ ।

मौसममा सुधार भएसँगै पानी पर्ने क्रम घटेको छ । तर बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

भोलि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक/दुई ठाउँमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पर्सि शुक्रबार पनि कोशी र गण्डकीसहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्