Ads3

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाण्डौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ ।

कांग्रेसको संस्थापन पक्षले यही असोज १८ गतेदेखि हुने १५औँ महाधिवेशनको तयारी गरिरहेकैबेला देउवा पक्षले पनि समानान्तर अधिवेशन थालेको छ ।

देउवा समूहले पनि १५औँ महाधिवेशन आउँदो मङ्सिर २१ देखि २३ गतेका लागि तोेकेको छ । त्यही अनुसार नै यस समूहले यही असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मङ्सिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ ।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने माग देउवा पक्षको थियो । तर संस्थापन पक्ष भने यही असोज ३ गतेदेखि नै महाधिवेशनमा होमिइसकेकाले इतर पक्षले पनि महाधिवेशनको कार्यतालिका नै तोकेर तयारी थालेको हो ।

संस्थापन पक्षको १५औँ महाधिवेशनको प्रक्रियासँगै वडादेखि केन्द्रसम्म ठूलो संख्यामा युवा नेतृत्व आउँदैछ । झण्डै ४४ हजार युवा पदीय जिम्मेवारीमा पुग्ने अनुमान छ । 

Muktinath

प्रतिक्रिया दिनुहोस्