Ads3

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजले खेल्दैछन् । यो खेल बेलुका ५ बजे त्रिवि क्रिकेट रङ्गशालामा शुरु हुनेछ । लिग चरणमा काठमाण्डौ तेस्रो र चितवन चौथो स्थानमा रहेर प्ले–अफमा पुगेका हुन् ।

आजको खेल जित्ने टोलीले भोलि हुने दोस्रो क्वालिफायर खेल्नेछ भने हार्ने टोली बाहिरिनेछ । हिजो भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै साविक उपाधि विजेता लुम्बिनी लायन्स लगातार दोस्रो पटक फाइनलमा पुगेको छ ।

पहिलो क्वालिफायरमा पराजित सुदूरपश्चिमले अब आज हुने इलिमिनेटरको विजेतासँग भोलि दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायर जित्ने टोलीले शनिबार उपाधिका लागि लुम्बिनीसँग खेल्नेछ । 

Muktinath

प्रतिक्रिया दिनुहोस्