Ads3

१०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

१०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

आजदेखि १०औं राष्ट्रिय खेलकुदका खेलहरू सुरु हुँदैछन् । औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि खेल भने आजदेखि नै सञ्चालन हुन लागेका हुन् ।

दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार आजदेखि ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । जसमा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीलगायत खेल रहेका छन् ।

दशौं खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने तय भएको छ । एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारत्तोलन, रग्बी, साइक्लिङ, ईस्पोर्ट्स र सेपाकताक्रो सुर्खेतमै हुने निश्चित भएको हो ।

त्यसबाहेक टेनिस र खो खो बर्दिया, जुडो र कुस्ती सल्यान, शारीरिक सुगठन पश्चिम रुकुम, आईटीएफ टेक्वान्दो दैलेख, बुद्धिचाल कालिकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा हुने तय भएको छ ।


लुम्बिनी प्रदेशका दुई जिल्लामा खेल तय हुँदा कर्णाली प्रदेशका हुम्जा, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा कुनै पनि खेल राखिएको छैन ।

प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पूर्ण तयारी पूरा गरिएको छ । प्रदेशहरूबाट खेलाडीहरु पनि वीरेन्द्रनगर आइपुगेका छन् ।

वीरेन्द्रनगरको रंगशाला पनि सोमबार हस्तान्तरण गरेर उद्घाटन भइसकेको छ । मुख्यमन्त्री मंगलबहादुर शाहीले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको लागि सबै तयारी पूरा गरी प्रचारप्रसारका लागि वीरेन्द्रनगरमा र्‍यालीसमेत निकालिएको थियो ।  मुख्यमन्त्री मंगल बहादुर शाही, मन्त्री, सांसद, राखेप उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, प्रदेश खेलकुद परिषद् उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव रविन चन्दसहित खेलाडी तथा स्थानीयको सहभागितामा सांस्कृतिक झाँकीसहित र्‍याली निकालिएको थियो ।

लामो समयको प्रतीक्षापछि कर्णालीमा १०औं खेलकुद सुरु हुन लागेको हो । धेरै प्रतियोगिताहरू सुर्खेतको रंगशालामा हुनेछन्। खेलको उद्घाटन र समापन पनि सुर्खेतकै रंगशालामा हुनेछ । उद्घाटन १६ गते हुँदैछ भने समापन  मंसिर २७ मा हुने तय छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्