Ads3

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यमस्तरको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौ, भक्तपुर र ललितपुरसहित ताप्लेजुङ्ग, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, तनहुँ, लम्जुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ ।

यसअघि गएराति भक्तपुर र काठमाण्डौको सिमाना भएर बग्ने मनोहरा खोलामा बाढी आएको थियो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्