Ads3

उदयपुरको बेलकामा जङ्गली हात्ती ‘सानो दारे’ मृत भेटियो

उदयपुरको बेलकामा जङ्गली हात्ती ‘सानो दारे’ मृत भेटियो

काठमाण्डाै । उदयपुरको बेलका नगरपालिका–१ धानखेतमा वयस्क जङ्गली भाले हात्ती मृत भेटिएको छ । ‘सानो दारे’ नामले चिनिने २० देखि २५ वर्ष उमेरको हात्ती धानखेतमा हिजो मरेको अवस्थामा भेटिएको हो ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट झण्डै एक किलोमिटर दूरीमा रहेको धानखेतमा जङ्गली हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत हात्ती एक वर्ष यता आरक्ष क्षेत्रमा बस्दै आएको थियो । कोशी टप्पु वन्यजन्तु आरक्षबाट परीक्षणपछि मात्रै हात्तीको मृत्युको कारण खुल्नेछ । 

Muktinath

प्रतिक्रिया दिनुहोस्