काठमाण्डौ । आज अक्टोबर १५, विश्व हात धुने दिवस । ‘हात धुने नायक बनौँ’ भन्ने मूल नाराका साथ नेपालमा पनि मनाइँदै छ ।
सन् २००८ देखि मनाउन थालिएको यो दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय र विभिन्न संघ–संस्थाहरूले साबुनपानीको प्रयोगबारे सचेतनामूलक कार्यक्रम गर्दैछन् ।
हात सफा नहुँदा फैलिने सङ्क्रमणका कारण विश्वभर हरेक वर्ष लाखौँ मानिसले ज्यान गुमाउने गरेका छन् । तथ्याङ्क अनुसार विश्वमा हरेक तीन मध्ये एक नवजात शिशु झाडापखालाबाट सङ्क्रमित हुने गर्छन् भने प्रतिवर्ष झण्डै १ करोड ८० लाख बालबालिकाको मृत्युको मुख्य कारण झाडापखाला हो ।
नियमित र सही तरिकाले हात धुने व्यवहारले ५० प्रतिशतभन्दा बढी सङ्क्रामक रोगहरूबाट सहजै जोगिन सकिने स्वास्थ्य विशेषज्ञहरू बताउँछन् । साबुनपानीले हात धुनुलाई सबैभन्दा प्रभावकारी मानिन्छ ।
खाना खानुअघि–पछि र शौचालय प्रयोगपछि कम्तीमा २० सेकेण्डसम्म हत्केला, औँलाका काप र नङमुनि दलेर धारा वा फोहोराको बहने पानीमा मिचिमिची धुनुपर्छ । नेपालजस्तो विकासोन्मुख देशमा अझै पनि शुद्ध खानेपानी र सरसफाइका पूर्वाधारको अभाव कायमै छ ।
ग्रामीण क्षेत्र मात्र नभई सहरी क्षेत्रमा समेत सही तरिकाले हात धुने अभ्यास पर्याप्त मात्रामा हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्