Ads3

सुनकाे भाउ एकैदिन ३ हजार २०० रुपैयाँले घट्याे

सुनकाे भाउ एकैदिन ३ हजार २०० रुपैयाँले घट्याे

काठमाण्डाै । हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाउ एकैदिन ३ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज ताेलाकाे २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

अस्ति बुधवार सुनको भाउ २ लाख ८३ हजार २०० रुपैयाँ र मङ्गलवार २ लाख ८२ हजार ३०० रुपैयाँ रहेकाे थियो । सोमवार सुनको भाउ ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पहिलो कारोबार दिन आइतवार सुन २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ १०५ रुपैयाँले घटेको छ । महासङ्घका अनुसार चाँदी आज ताेलाकाे ३ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीकाे भाउ ३ हजार ९३० रुपैयाँ रहेकाे थियो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्