Ads3

वित्तीय ठगी भएमा १२४७ नम्बरमा उजुरी गर्न सकिने

वित्तीय ठगी भएमा १२४७ नम्बरमा उजुरी गर्न सकिने

काठमाण्डौ । साइबर तथा डिजिटल वित्तीय ठगीमा परेमा तत्काल उजुरी गर्न नेपाल राष्ट्र बैङ्कले आग्रह गरेको छ । राष्ट्र बैङ्कले यस्ता घटनाको उजुरी तथा गुनासो सम्बोधनका लागि १२४७ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो ।

राष्ट्र बैङ्कका अनुसार प्रहरी प्रधान कार्यालय अन्तर्गत साइबर ब्यूरोमा विभिन्न सरोकारवाला निकायको सहभागितामा २४ सै घण्टा सञ्चालन हुने गरी एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको छ ।

केन्द्रको हटलाइन नम्बर १२४७ मा सम्पर्क गरी अनलाइन ठगी, फिसिङ, नक्कली लिङ्क, अनधिकृत कारोबार तथा डिजिटल भुक्तानीसम्बन्धी ठगीका घटनाबारे जानकारी गराउन र उजुरी गर्न सकिनेछ ।

राष्ट्र बैङ्कले ठगीमा परेमा तत्काल यो नम्बरमा सम्पर्क गरी जानकारी गराउन र केन्द्रबाट प्राप्त निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।

त्यसैगरी, आफ्नो बैङ्क तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई पनि तत्काल जानकारी गराई बैङ्क खाता तथा डिजिटल वालेट सुरक्षित राख्न आवश्यक पहल गर्न राष्ट्र बैङ्कले आग्रह गरेको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्