Ads3

कोप–३१ सम्मेलन सम्पन्न, जलवायु सहकार्य जारी राख्न राष्ट्रसङ्घको आग्रह

कोप–३१ सम्मेलन सम्पन्न, जलवायु सहकार्य जारी राख्न राष्ट्रसङ्घको आग्रह

टर्कीएको अन्ताल्यामा २ हप्तासम्म चलेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) सम्पन्न भएको छ ।

सम्मेलनमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका विषयमा विभिन्न प्रतिबद्धता व्यक्त भए पनि अध्यक्षताद्वारा प्रस्तुत समग्र राजनीतिक निर्णयमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न सकेन ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले सम्मेलनको समापन समारोहमा सम्बोधन गर्दै सहमति कायम हुन नसक्नु निराशाजनक भएको बताउनुभएको छ ।

जलवायु परिवर्तनका असर विश्वभर गम्भीर बन्दै गएको र विश्व तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसको सीमाभन्दा माथि पुग्ने जोखिम बढिरहेको अवस्थामा अन्तर्राष्ट्रिय जलवायु सहकार्यलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

स्टिलले जलवायु वार्तामार्फत विगत एक दशकमा तापक्रम वृद्धिको लक्ष्य निर्धारण, जलवायु वित्त, जीवाश्म इन्धनबाट न्यायोचित रूपान्तरण तथा अनुकूलनका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्नुभयो ।

सम्मेलनको औपचारिक वार्तामा अपेक्षित सहमति नजुटे पनि कृषि तथा खाद्य प्रणाली, शहर तथा पूर्वाधारको उत्थानशीलतालगायत छवटा प्रमुख कार्यक्षेत्रमा प्रगति भएको उहाँको भनाइ थियो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्