काठमाण्डाै । प्रतिनिधिसभाअन्तर्गतकाे अर्थ समितिले रसुवा बाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवम् जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ ।
सिंहदरबारमा आज बसेकाे बैठकले अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिको सदस्यमा सांसद नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा. पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक रहनुभएको छ ।
समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले उपसमितिले रसुवा बाढी र जलवायु वित्तसम्बन्धी अध्ययन गरी असोज २ गतेभित्र प्रतिवेदन पेश गर्नका लागि कार्यदेश दिइएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्