काठमाण्डाै । लगातार ६ कारोबार दिन घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से ९.२४ अङ्कले घटेर २ हजार ५२२.६६ विन्दुमा पुगेको छ ।
आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढेकोमा जलविद्युत् समूह १ प्रतिशतले उकालो लागेको छ ।
आज १८१ वटा कम्पनीको शेयर बढेकोमा ८४ वटाको घटेको छ । यस्तै १२ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज माथिल्लो मैलुन खोला जलविद्युत्को शेयर ७.१५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन उपकार लघुवित्तको शेयर साढे ८ प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ३ अर्ब ६४ करोडको कारोबार भएकोमा आज ३४१ वटा कम्पनीको ७६ लाख १३ हजार कित्ता शेयर २ अर्ब ९० करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्