Ads3

एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इन्डोनेसियासँग खेल्दै

एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इन्डोनेसियासँग खेल्दै

काठमाण्डौ । जापानमा जारी २० औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाली टोलीले आज इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ४ बजे शुरु हुनेछ  । यो समूहमा नेपाल, इन्डोनेसिया र आयोजक जापान छन् । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक जापानसँग ३–० को सोझो सेटमा पराजय बेहोरेको छ ।

जापानले नेपाललाई २५–८, २५–१२ र २५–११ ले हराएको थियो । जापान एसियाली महिला भलिबलमा बलियो टोलीका रूपमा रहेको छ र नेपालले खेलभर दबाबमा रहेर प्रतिस्पर्धा गर्नुपरेको थियो । पहिलो खेलको हारपछि नेपाल अहिले समूहमा अंकविहीन छ ।

त्यसैले इन्डोनेसियाविरुद्धको खेल नेपालका लागि समूह चरण पार गर्ने दृष्टिले अत्यन्त महत्वपूर्ण बनेको छ । समूहमा तीन टोली मात्रै रहेकाले प्रत्येक खेलको नतिजाले अन्तिम समीकरणमा ठूलो प्रभाव पार्नेछ ।

नेपालले इन्डोनेसियालाई हराएमा समूहमा एक जितसहित क्वार्टरफाइनल प्रवेशको सम्भावना जीवित रहनेछ । नेपाल र इन्डोनेसियाबीचको खेलपछि समूह ‘ए’को अन्तिम खेलमा जापान र इन्डोनेसिया भिड्नेछन् । त्यो खेल भोलि हुनेछ । 

Muktinath

प्रतिक्रिया दिनुहोस्