काठमाण्डाै । देशभर आज दिनभरजसो मौसम बदली हुने र केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुने सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले देशका धेरै ठाउँमा सामान्य वर्षा हुने सम्भावना रहेको बताउनुभयो । केही ठाउँमा बेलुकापछि हल्कादेखि मध्यम वर्षा हुन सक्ने छ ।
आज अत्यधिक वर्षाको सम्भावना भने थोरै ठाउँमा मात्र रहेको माैसमविद् पाेखरेलले बताउनुभयो । उच्च पहाडी तथा हिमाली भूभागमा बेलुकादेखि हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो ।
आज बेलुकादेखि शनिवारसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयाे । यस अवधिमा अन्य भूभागमा पनि सामान्यदेखि मध्यम वर्षा हुन सक्ने उहाँको भनाइ छ ।
माैसमविद् पाेखरेलले मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै पाकिसकेको धान काट्ने काम तत्काल नगर्न सुझाव दिनुभयो । आइतवारसम्म धान नकाट्न उहाँकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्