काठमाण्डौ । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा आज पनि खोजी र उद्धार कार्य निरन्तर छ । मुख्यगरी टनेलमा खोज तथा उद्धार भैरहेको नेपाली सेनाले जनाएको छ ।
रसुवागढी जलविद्युत्, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विज्ञसहितको टोलीले खोज तथा उद्धार गरिरहेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
हिजो रसुवागढी जलविद्युत् आयोजनामा विद्युत् गृहको छैठौँ तलामा पुगेर खोजी गरेको र त्यसक्रममा केही फेला नपरेको सेनाले जनाएको छ । त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि सेनाका ७५, सशस्त्र प्रहरीका १८ एवं नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली खोज तथा उद्धार तीव्र पारेको छ ।
त्रिशूली–३ ‘बी’मा सेना ८९, गैरसैनिक तीन र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले तीन वटा सानो डोजर र जेनेरेटरको प्रयोग गरी खोजी जारी राखेको छ । टोलीले अडिट–२ टनेलबाट ‘एक्साभेटर’ लैजान सक्नेगरी बाटो सफा गरेको छ ।
चिलिमे जलविद्युत् आयोजनामा विदेशीसहितको संयुक्त टोलीले ‘मिनि एक्साभेटर’ र पम्पको सहायताले लेदो फाली १०५ मिटर भित्रसम्म खोजी गरेको छ । त्यहाँ भित्र जाने गरी टोलीले काम गरिरहेको छ ।
माथिल्लो त्रिशूली–१ कोभोटेकोशी बाढीबाट ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति पुगेको अनुमान
काठमाण्डौ । भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् ।
बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार झण्डै ६४ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीबाट प्रभावित नुवाकोटमा सबैभन्दा धेरै २२ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ ।
ती आयोजनामा मात्रै चार करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको विभागले जनाएको छ ।
विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीका कारण धादिङका २०, गोरखाका पाँच तथा रसुवाका आठवटा आयोजनामा क्षति भएको छ । बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भने भैरहेको छ ।
बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाएको जनाएको छ । प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको प्रयोग गर्दै सेवा पुनः सञ्चालन र क्षतिग्रस्त संरचनाको मर्मतलाई प्राथमिकता दिइएको महानिर्देशक श्रेष्ठले बताउनुभयो ।
विशेषगरी विदुर खानेपानी आयोजना प्रभावित क्षेत्रमा खानेपानी वितरण सहज बनाउन १०० केभीए क्षमताको डिजेल जेनेरेटर सञ्चालनमा ल्याइएको छ । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सँगको समन्वयमा भदौ १२ गतेदेखि चारवटा ट्याङ्करमार्फत विदुर र बट्टारका विभिन्न बस्तीमा खानेपानी वितरण भइरहेको महानिर्देशक श्रेष्ठको भनाइ छ ।
बाढी प्रभावित त्रिशूली बजार, बेलकोटगढी, कोल्पुटार, गल्छी, गजुरी र विदुरका बाँकी क्षेत्रमा खानेपानी सेवा विस्तार गर्न आवश्यक सामग्रीसमेत व्यवस्थापन गरिएको विभागले जनाएको छ । हाकु सुरुङको २५० मिटरभित्रबाट विदेशीसहितको संयुक्त उद्धार टोलीले हिजो चिनियाँ नागरिक लु हाइताओको जीवितै उद्धार गरेको थियो । बाढीपछि सुरुङमा फसेका ३ जना र नुवाकोटको विदुरमा एउटा घरबाट एक महिला गरी दुई दिनमा चार जनाको जिवितै उद्धार भएको छ ।
प्रतिक्रिया दिनुहोस्