Ads3

शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

काठमाण्डाै । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से १७.१५ अङ्कले बढेर २ हजार ५९१.८० विन्दुमा पुगेको छ ।

आज सबै समूहको सूचक बढेकोमा बैंक समूह १.२८ प्रतिशतले उकालो लागेको छ । आज १८० वटा कम्पनीको शेयर बढेकोमा ८९ वटाको घटेको छ । १० वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज कुथेली बुखारी हाइड्रोपावरको शेयर ४.९१ प्रतिशतले बढेको छ । समग्रमा बजार उकालो लागेको दिन रिज लाइन इनर्जीको शेयर ७.८५ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब ९३ करोडको कारोबार भएकोमा आज ३५३ वटा कम्पनीको १ करोड २९ लाख कित्ता शेयर ४ अर्ब ८३ करोड रुपैयाँमा किनबेच भएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्