Ads3

विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन : सङ्घीयता र विकासका साझेदारीबारे छलफल हुने

विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन : सङ्घीयता र विकासका साझेदारीबारे छलफल हुने

काठमाण्डौ । कोशी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री सम्मेलन–२०८३ आजदेखि विराटनगरमा शुरु हुँदैछ । सातै प्रदेशका मुख्यमन्त्री सहभागी रहने दुई दिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग, विपद् व्यवस्थापन र विकासका साझेदारीको विषयमा छलफल केन्द्रित रहनेछ ।

साथै स्थानीय उद्योगी–व्यवसायीसँग उत्पादन तथा निर्यात प्रवर्द्धनका विषयमा अन्तरक्रिया हुनेछ । सम्मेलनको दोस्रो दिन भोलि सातै प्रदेशबिच विकास साझेदारीको साझा प्रतिबद्धतासहित ‘कोशी घोषणा–२०८३’ जारी गर्ने कार्यक्रम छ ।

सम्मेलनमा अन्तरप्रदेश समन्वय र सहकार्यलाई प्रभावकारी बनाउँदै साझा विकासका योजना अघि बढाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्