काठमाण्डौ । रुसको साइबेरियामा सैन्य विमान दुर्घटना हुँदा विमानमा रहेका सबै १९ जनाको ज्यान गएको छ । रुसको रक्षा मन्त्रालयका अनुसार एन–१२ विमान नियमित उडानका क्रममा हिजो मंगलबार केमेरोभो क्षेत्रमा खसेको थियो ।
प्रारम्भिक रूपमा प्राविधिक खराबीका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय गभर्नर इल्या सेरेद्युकाअनुसार विमान यागुनोभो गाउँनजिक दुर्घटनाग्रस्त भएको हो ।
आपत्कालीन उद्धार टोलीले आगो तत्कालै निभाएका थिए । विमान दुर्घटनापछि घटनास्थलको निरीक्षण गर्न पुगेका गभर्नर सेरेद्युले एउटा हेलिकोप्टर र चिकित्सा सेवा तयारी अवस्थामा राखिएको बताउनुभएको थियो ।
विमानमा कुनै सामान वा मालसामान लोड गरिएको थियो वा थिएन भन्ने स्पष्ट भएको छैन । रुसी सेनाले एन–१२ विमानलाई हतियार तथा सैनिक ओसारपसार गर्नका साथै खोज तथा उद्धार अभियानमा समेत प्रयोग गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्