काठमाण्डौ । २०औँ एशियन खेलुकद अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलका आजका दुई वटै खेल रद्द भएका छन् । नेपाल र श्रीलंकाबीचको आज बिहान हुनुपर्ने खेल तथा त्यसपछि तय भएको बङ्गलादेश र मलेसियाको खेल पनि वर्षाका कारण हुन सकेन । योसँगै नेपाल र मलेसिया क्वाटरफाइनलबाटै बाहिरिएका छन् ।
श्रीलंका र बङ्गलादेश सेमिफाइनलमा पुगेका छन् । यसअघि हिजो पनि खेल हुन नसक्दा भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका थिए । उच्च वरीयताको टोली अघिल्लो चरणमा जाने नियमानुसार भारत, पाकिस्तान, श्रीलंका र बङ्गलादेश अघिल्लो चरणमा पुगेसँगै सेमिफाइनल समिकरण पुरा भएको छ । अब पाकिस्तान र बङ्गलादेश तथा भारत र श्रीलंका फाइनलमा पुग्न खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्