मध्य अमेरिकी देश पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण राजधानी पानामा शहरसम्म धक्का महसुस भएको छ भने विभिन्न ठाउँमा भवन, पुल र सडकलगायतका भौतिक संरचनामा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको बीबीसीले जनाएको छ ।
मानविय क्षति भए/नभएको विवरण अहिलेसम्म आएको छैन । विद्युत् आपूर्तिसमेत प्रभावित भएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु अजुएरो प्रायद्वीपको पितालोसा अरिबा क्षेत्रबाट झण्डै ९ माइल दक्षिणपश्चिममा थियो ।
भूकम्पपछि लगातार परकम्प आइरहेका छन् । राजधानी पानामा क्षेत्रको जनसंख्या झण्डै २० लाख छ ।
प्रतिक्रिया दिनुहोस्