Ads3

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने

इजरायलमा आज तथा अमेरिकामा एक हप्तापछि मतदान हुँदैछ । इजरायलमा कस्तो सरकार बन्छ भन्ने विषयले मध्यपूर्वको भविष्य र त्यस क्षेत्रमा चलिरहेको युद्धको दिशामा दीर्घकालीन प्रभाव पार्नेछ ।

त्यस्तै, अमेरिकी कङ्ग्रेसको संरचनामा आउने परिवर्तनले ती युद्धहरूको भविष्य मात्र नभई विश्व अर्थतन्त्रको दिशालाई समेत प्रभावित तुल्याउन सक्ने विश्लेषण गरिएको छ ।

बीबीसीकाअनुसार विशेषगरी इरानविरुद्ध अमेरिका र इजरायलले सञ्चालन गरिरहेको युद्धका सन्दर्भमा यो सम्बन्ध थप पेचिलो बनेको छ । इजरायलका वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले चुनावी अभियानका क्रममा इरानमाथि पुनः आक्रमण गर्ने सम्भावनाबारे चर्चा गर्नुभएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतान्याहुको चुनावी अभियानलाई समर्थन गर्दै इरानमाथि फेरि आक्रमण हुन सक्ने अड्कलबाजीलाई थप बल दिनुभएको छ ।

अमेरिकामा मध्यावधि चुनावी अभियानमा महँगी मुख्य मुद्दा बनेको छ । विश्लेषकहरूकाअनुसार चुनावी मत परिणामले इजरायलको भावी सरकार, इरानसँगको द्वन्द्व र मध्यपूर्वको स्थिरतामा असर पार्न सक्छ ।

हर्मुज जलमार्गमा हुने ऊर्जा आपूर्तिमा अवरोध आए विश्व बजारमा इन्धनको मूल्य बढ्नुका साथै विश्व अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषण गरिएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्