Ads3

आज सुनचाँदीको भाउ बढ्यो

आज सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौ । आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा ३ हजार ४०० रुपैयाँले बढेर तोलाको ३ लाख ५ हजार ८०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख २ हजार ४०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी १०५ रुपैयाँले बढेर तोलाको ४ हजार ८५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ७५० रुपैयाँ थियो । 

Muktinath

प्रतिक्रिया दिनुहोस्