संखुवासभा। संखुवासभाको धर्मदेवी नगरपालिका–७ स्थित बिहिबारे बजारमा तिहारको अवसर पारेर आज (कार्तिक २१ गते) तिहार विशेष सांगीतिक साँझ–२०८३ आयोजना हुने भएको छ।
सेभेन स्टार युथ क्लबको आयोजनामा हुने उक्त कार्यक्रममा चर्चित गायक परेश राई मुख्य आकर्षणका रूपमा रहनेछन्। कार्यक्रममा राईको सांगीतिक प्रस्तुतिसँगै स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।
त्यसैगरी, इटहरीस्थित एक एण्ड रोल डान्स सेन्टरका कलाकारहरूले विशेष नृत्य प्रस्तुति दिने कार्यक्रम रहेको छ। तिहारको सांस्कृतिक र मनोरञ्जनात्मक माहोललाई थप उल्लासमय बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम साँझ ७ बजेदेखि सुरु हुनेछ।
आयोजक सेभेन स्टार युथ क्लबले कार्यक्रममा सहभागी भई सांगीतिक मनोरञ्जन लिन स्थानीयवासी, दर्शक तथा सम्पूर्ण संगीतप्रेमीहरूलाई आग्रह गरेको छ।
तिहारको अवसरमा आयोजना हुन लागेको यस कार्यक्रमले स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवर्द्धनसँगै आपसी सद्भाव र भाइचारालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण हेर्नेचित्रबाट हुनेछ ।
प्रतिक्रिया दिनुहोस्