काठमाण्डाै । ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी पाउनुभएकाे छ ।
प्रधानमन्त्री वालेन्द्र शाह भारतको राजकीय भ्रमणमा रहनुभएकाले राष्ट्रपति रामचन्द्र पाैडेलले प्रधानमन्त्रीकाे सिफारिशमा ऊर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी दिनुभएकाे हाे ।
प्रधानमन्त्रीसँगै दोस्रो वरीयतामा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र तेस्राेमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल पनि भारत जानु भएकाले मन्त्रिपरिषद्मा चाैथाे वरीयताका श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी पाउनुभएकाे हाे ।
प्रधानमन्त्री औपचारिक भ्रमणमा जाँदा कार्यवाहक तोक्ने व्यवस्था छ ।
प्रधानमन्त्री शाह भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नयाँ दिल्ली पुग्नुभएकाे छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । यस्तै प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय र एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरी भाेलि बेलुकी स्वदेश फर्कने तालिका छ ।
प्रतिक्रिया दिनुहोस्