Ads3

सुनचाँदीको भाउ आज पनि बढ्यो

सुनचाँदीको भाउ आज पनि बढ्यो

काठमाण्डौ । आज पनि सुनचाँदीको भाउ बढेको छ । यसअघि निरन्तर घटिरहेको सुनचाँदीको भाउ हिजो सोमबारदेखि फेरि बढ्न थालेको हो । आज सुन तोलामा ५०० रुपैयाँले बढेर तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ हिजो ४ हजार ८०० रुपैयाँले बढेर तोलाको २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ ।

हिजो तोलामा ४५ रुपैयाँले बढेर ३ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको ३ हजार १४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

Muktinath

प्रतिक्रिया दिनुहोस्