Ads3

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए आरोही

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए आरोही

काठमाण्डौ । हिमपात र निरन्तर वर्षाका कारण मनास्लु गएका आरोहीबीच बाटोबाटै फर्किन थालेका छन् ।  दुई हप्तासम्म पनि मौसमले साथ नदिएपछि आरोही घर फर्किन थालेका मनास्लु हिमाल नजिकैको चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले बताउनुभयो । मनास्लु क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि पाँच फिट बाक्लो हिमपात भइरहेको उहाँले जानकारी दिनुभयो । 

मनसुनमा सुधार आए पनि अब यो याममा फेरि फर्केर आरोहणमा जाने सम्भावना नरहेको उहाँको भनाइ छ । विगतका वर्षमा त्यस क्षेत्रमा हतपत वर्षा नै नहुने भए पनि अत्यन्त न्यून हुने गरेकामा यस पटक भने दुई हप्तादेखि निरन्तर पानी परिरहेको स्थानीय व्यवसायी प्रबल लामा बताउनुहुन्छ । 

बदलिएको मनसुनका कारण केही आरोही फर्किए पनि त्यस क्षेत्रमा अझै धेरै रहेको सामागाउँका होटल व्यवसायी मिङ्मार छिरिङ लामाले बताउनुभयो । विश्वमै प्रख्यात आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहण गर्न यस याममा झण्डै पाँच सय आरोहीले अनुमति लिएका थिए । सरकारले यसबाट २२ करोड ४८ लाख १४ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।
 

Muktinath

प्रतिक्रिया दिनुहोस्