Ads3

भदौ २३ र २४ मा देशमा जे भयो, त्यो अब नदोहोरियोस् : रवि लामिछाने

भदौ २३ र २४ मा देशमा जे भयो, त्यो अब नदोहोरियोस् : रवि लामिछाने

काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनुभएको छ ।

सभापति लामिछानेले आज प्रेस विज्ञप्ति निकालेर नवयुवा आन्दोलन कुनै दल विशेषको आह्वानमा नभएको बताउनुभएको छ । ‘हिजो सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ । र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ’, विज्ञप्तिमा उल्लेख छ ।

सभापति लामिछानेले ठीक एक वर्षअघि आजकै दिन नेपाली इतिहासमा एउटा नयाँ जागरणको विस्फोट भएको स्मरण गराउनुभएको छ ।

‘वर्षौँदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताले सिर्जना गरेको निराशाविरुद्ध नेपालका सचेत युवा पुस्ता (जेन–जी) शान्तिपूर्ण तर दृढ सङ्कल्पका साथ सडकमा उत्रिएको थियो’, उहाँले भन्नुभयो, ‘एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका हामीलाई परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो । भदौ २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् ।’

Muktinath

प्रतिक्रिया दिनुहोस्