काठमाण्डौ । तीजको दिन आज सोमबार सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा एक हजार २०० रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा एक हजार २०० रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सुन तोलाको तीन लाख दुई हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज घटेर तोलाको तीन लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा ६० रुपैयाँले बढेर चाँदी तोलाको चार हजार ६६० रुपैयाँमा कारोबार भएकोमा आज ४० रुपैयाँले घटेर तोलाको चार हजार ६२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्