Ads3

एनभीएलमा कर्णाली शिवराजको तेस्रो जित

एनभीएलमा कर्णाली शिवराजको तेस्रो जित

काठमाण्डौ । नेपाल भलिबल लिग (एनभीएल) मा कर्णाली शिवराजले तेस्रो जित निकालेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा हिजो भएको खेलमा कर्णालीले सगरमाथा स्म्यासर्सलाई ३–२ को सेटले हराएको हो ।

कर्णालीले पहिलो सेट २५–१६ ले जितेको थियो भने दोस्रो सेट सगरमाथाले २५–२३ ले जित्यो । तेस्रो सेट फेरी कर्णालीले २५–२३ ले जित्दै अग्रता बनायो । तर चौथो सेटमा सगरमाथाले २५–१९ ले जितेको थियो ।

निर्णायक पाँचौँ सेटमा भने कर्णालीले उत्कृष्ट प्रदर्शन गर्दै १५–९ को जित निकालेर समग्रमा ३–२ ले जितेको हो । एनभीएलमा सहभागी ६ टोलीले सिंगल राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।

लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले प्लेअफमार्फत फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल भदौ २८ गते हुनेछ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्