Ads3

नवयुवा आन्दोलनमा दमन गर्नेमाथि छानबिन गर्न नेकपाको माग

नवयुवा आन्दोलनमा दमन गर्नेमाथि छानबिन गर्न नेकपाको माग

काठमाण्डौ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गएको वर्ष भदौ २३ मा भएको ‘नवयुवा आन्दोलन’ र त्यसपछि भदौ २४ मा भएका तोडफोड, आगजनी तथा यससँग जोडिएका अन्य घटनाको निष्पक्ष र तथ्यमा आधारित छानबिन गर्न माग गरेको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रेस विज्ञप्ति निकालेर भदौ २४ को दिनलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन’ का रूपमा चित्रण गर्नुभएको छ ।

साथै उहाँले सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय एवम् राजनीतिक दलका कार्यालय र निजी सम्पत्तिमा आगजनी र  लुटपाट गरिएको विषयमा छानबिन हुनुपर्ने बताउनुभएको छ ।

उहाँले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न र निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्नुभएको छ ।

नवयुवाले राखेको सुशासन र परिवर्तनको अपेक्षा अझै प्राप्त हुन नसकेको र नागरिक फेरि निराश बनेको पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको दाबी छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्