काठमाण्डौ । गएराति गण्डकी र बागमती प्रदेशका पहाडी केही ठाउँमा हल्का वर्षा भएको छ । साथै पश्चिमी एक/दुई ठाउँमा पनि छिटपुट पानी परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकीका एक/दुई ठाउँमा छिटपुट बाहेक देशका अरु ठाउँमा पानी परेको छैन ।
आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको पहाडी तथा कोशी प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बादल लाग्नेछ । साथै देशको हिमाली र पहाडी केही ठाउँमा मेघगर्जन चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आजसम्म वर्षाको गतिविधि कायमै रहने र भोलि शनिबारदेखि मात्र मौसममा क्रमशः सुधार आउने मौसमविद्को भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्