काठमाण्डाै । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बाट हटाएका दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेसी तोकिएको छ ।
यसअघि गएको कात्तिक ३० का लागि पेसी तोकिएको भए पनि सरकारले सार्वजनिक बिदा दिएका कारण सरेको थियो । बालेन्द्र शाह नेतृत्वको सरकारले गएको कात्तिक १८ मा कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो ।
त्यसपछि सरकारले आईजीपीमा डा. मनोज केसीलाई नियुक्त गरेको थियो । सरकारको यो निर्णय गैरकानुनी भएको भन्दै कार्कीले सर्वोच्चमा रिट दायर गर्नुभएको हो । रिटमा आज पहिलो सुनुवाइ हुन लागेको हो । कार्कीले आफूलाई हटाउने निर्णय कार्यान्वयन नगर्न र पुनः पदमा बहाली गर्न माग गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्