काठमाण्डौ । वर्षाका कारण पहिरो खसेपछि विभिन्न सडक अवरुद्ध छन् । राष्ट्रिय राजमार्ग तथा सडकहरुको पछिल्लो अवस्था विवरणअनुसार ७ वटा राजमार्ग र अन्य सडक अवरुद्ध छन् ।
पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति राजमार्ग, सिद्धिचरण राजमार्ग, मध्यपहाडी राजमार्ग, कालीगण्डकी करिडोर, बाग्लुङ्ग बेनी सडक, तमोर करिडोर (मुलधाट–फिदिम), राप्ती राजमार्ग, कर्णाली राजमार्ग, भालुवाङ–चकचके–लिवाङ सडक अवरुद्ध छन् । अवरुद्ध यी सडक खुलाउन पहल भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्