काठमाण्डाै । फ्रान्सको राष्ट्रिय फुटबल टोलीका कप्तान केलियन एम्बाप्पले घुँडाको चोटका कारण दुई हप्ता मैदानबाहिर रहने भएका छन् ।
एम्बाप्पेको बायाँ घुँडाको पछाडिको भागमा ‘हाइपरएक्सटेन्सन’ अर्थात् अत्यधिक तन्किने समस्या पुष्टि भएको उनी आबद्ध स्पेनी क्लब रियल मड्रिडले जनाएको छ ।
गएको शुक्रवार टर्किएसँगको खेलमा फ्रान्सको १–० को जीतमा गोल गरेलगत्तै एम्बाप्पे चाेटका कारण मैदानबाट बाहिरिएका थिए । उपचारपछि खेल्ने प्रयास गरे पनि अन्ततः एम्बाप्पे मैदानबाट बाहिरिए, उनको ठाउँमा डेजिर डुए मैदान प्रवेश गरेका थिए ।
यसैबीच रियल मड्रिडले आउँदो अक्टोबर १० देखि ला लिगा फेरि शुरू भएपछि एम्बाप्पे खेल्न तयार हुन सक्ने जनाएको छ ।
नयाँ प्रशिक्षक जिनेदिन जिदानले फ्रान्सले कुनै जोखिम नलिने र आउँदो १० दिनभित्र हुने नेशन्स लिगका तीन खेलमा एम्बाप्पेलाई नखेलाउने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्