Ads3

पूर्वमा छिटपुट वर्षा शुरु, बेलुकीदेखि ठूलो वर्षा र हिमपातको सम्भावना

पूर्वमा छिटपुट वर्षा शुरु, बेलुकीदेखि ठूलो वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा पनि देखिन थालेको छ । पूर्वी क्षेत्रमा छिटपुट पानी पर्न शुरु भएको छ भने देशका सबैजसो ठाउँमा बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिदेखि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी एक/दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ ।

यस्तै मधेश तथा लुम्बिनी र गण्डकी प्रदेशको पहाडी तथा तराई क्षेत्रका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । आज दिउँसो मध्यमसम्मको वर्षा र बेलुकीदेखि पर्सि शनिवारसम्म केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस अवधिमा उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिम आँधी तथा हिम पहिरोको पनि जोखिम रहेकोले उच्च हिमाली भेगमा नजान तथा गएको भए पनि सुरक्षित ठाउँमा रहन महाशाखाले आग्रह गरेको छ ।

यसबाहेक चिसो बढ्न सक्ने तथा जोखिमयुक्त ठाउँ, सडक छेउछाउ पहिरो जान सक्ने, सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ । 

Muktinath

प्रतिक्रिया दिनुहोस्