इन्डोनेसियाको पपुवा क्षेत्रमा रहेको सुदिरमान पर्वत शृङ्खलाको हिमनदी तीव्र गतिमा पग्लिँदै गएको छ । वैज्ञानिकहरूले बाँकी रहेको हिउँ पनि अबको एक/दुई वर्षमै पूर्ण रूपमा हराउन सक्ने अनुमान गरेको बीबीसीले जनाएको छ । पुन्काकजया क्षेत्रमा १९औँ शताब्दीमा झण्डै एक हजार ९ सय हेक्टर क्षेत्रफलमा फैलिएको हिमनदी अहिले घटेर झण्डै १६ हेक्टरमा सीमित भएको छ ।
सन् २००० को दशकको शुरुदेखि २०२५ सम्ममा हिमनदीको क्षेत्रफल ९५ प्रतिशतले घटेको अनुसन्धानकर्ताले बताएका छन् । विज्ञकाअनुसार बढ्दो तापक्रम र हिमपातको सट्टा वर्षा हुने क्रम बढ्नु हिमनदी पग्लिनुको प्रमुख कारण हो ।
एलनिनो जस्ता मौसमी घटनाले पनि यसको गति बढाउन सक्ने उनीहरुको भनाइ छ । पपुवाका यी हिमनदी वैज्ञानिकका लागि जलवायु परिवर्तन र विगतको मौसम अध्ययन गर्ने महत्वपूर्ण अभिलेख भएका छन् ।
हिमनदी हराउँदै जाँदा वातावरणीयसँगै सांस्कृतिक सम्पदा पनि प्रभावित हुने चिन्ता बढेको छ ।
प्रतिक्रिया दिनुहोस्