Ads3

डोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदी भागे

डोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदी भागे

काठमाण्डौ । जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर ८ जना कैदी भागेका छन् । सुरुङ खनेर उनीहरू गएराति फरार भएको प्रारम्भिक जानकारी रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

आज बिहान साढे ५ बजे कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि उनीहरू भागेको खुलेको हो । कारागारमा १७ जना कैदी थिए ।

उनीहरूलाई राखिएको कोठाभित्रबाट बाहिरसम्म झण्डै चार मिटर लामो सुरुङ खनिएको पाइएको छ । भागेकाहरुकाे खोजी थालिएको प्रहरीको भनाइ छ । थप विवरण आउन बाँकी छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्